काठमाडौँ/ रमेश कर्प अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेज आफ्नो गुगल क्लाउड सँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा पार्टनर स्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’ को रूपमा सामेल भएको छ ।
सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको यस कम्पनीले, गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै, स्थानीय भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरी, र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराउनेछ ।
सहकार्यको सुरुवातदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको जनाएको छ । टेली डिजिटलले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधान प्रदान गर्दै एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल्स उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएको दावी गरेको छ ।
‘हामी परम्परागत इमेल प्रणालीका सीमाहरू हटाउँदै नेपाली व्यवसायहरूको डिजिटल सहकार्यप्रतिको दृष्टिकोण रूपान्तरण गर्दैछौँ,’ टेली डिजिटलका मुख्य कार्यकारी अधिकृत नवाँकुर सूदले भन्नुभयो, ‘ धेरै कम्पनीहरू अव्यवस्थित सिप्यानल समाधानसँग जुधिरहँदा हामीले उनीहरूलाई तुरुन्तै गुगल क्लाउडको एकीकृत इकोसिस्टममा पहुँच दिलाएका छौँ । जसले व्यवसायहरूलाई प्राविधिक जटिलताभन्दा आफ्नै विकास र विस्तारमा ध्यान दिन सक्ने बनाउँछ ।’
टेली डिजिटलका बजार प्रमुख निखिल खेराडीले भन्नुभयो, ‘हाम्रो तत्काल डेलिभरी क्षमताले नै बजारमा हामीलाई अलग बनाएको छ । जहाँ व्यवसायहरूले सामान्यतया इमेल समाधानका लागि एक हप्ताभन्दा बढी कुर्नुपर्छ । हालसम्म हामीले सफलतापूर्वक सेवा दिएका ५० भन्दा बढी व्यवसायहरूले परम्परागत प्रणालीको तुलनामा जीमेल–आधारित गुगल वर्कस्पेसको मूल्य प्रमाणित गरेका छन् ।’
कम्पनीको ‘सिर्जना, संयोजन र सहकार्य’ दृष्टिकोणले व्यवसायलाई प्रोफेसनल इमेल ब्रान्डिङ, डकुमेन्ट सहकार्य, र सम्पूर्ण कम्युनिकेशन टुल्स एउटै सब्स्क्रिप्सनमा प्रदान गर्ने हुनाले कम्पनीको उद्देश्य ‘व्यवसायको नयाँ साथी’ लाई साँच्चिकै जीवन्त बनाउने उहाँको भनाइ थियो ।
टेली डिजिटल सर्भिसेसको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर रहेका व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउने कम्पनीले जनाएको छ । गुगल वर्कस्पेसले इमेल, डकुमेन्ट सिर्जना र सहकार्य टुल्सलाई एउटै प्लेटफर्ममा उपलब्ध गराई, जीमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमा आधारित उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको दावी छ ।
विशेषता
यो सेवामा तत्काल लाइसेन्स डेलिभरी हुने हुनाले अनबोर्डिङ र लाइसेन्स एक्टिभेशनको लागी अब ७/१० दिन पर्खनु नपर्ने कम्पनीको भनाइ छ । त्यस्तै, प्रोफेसनल इमेल एड्रेस बनाउन, एउटै सब्स्क्रिप्सनमा गुगल डकुमेन्ट्स, सिट्स, ड्राइभ र मिट जस्ता एकिकृत सहकार्य टुल्स प्राप्त हुने कम्पनीले जनाएको छ ।
यसमा कुनै बिचौलिया बिना सजिलो प्रक्रिया र डेडिकेटेड सपोर्टको व्यवस्था रहेको जनाइएको छ । त्यस्तै, नेपाली व्यवसायका लागि अनुकूल र सहज भुक्तानी सुविधाका साथै सेटअपदेखि निरन्तर प्राविधिक सपोर्टसम्म सम्पूर्ण सहयोग प्राप्त हुने कम्पनीको दावी छ ।
प्रतिक्रिया दिनुहोस