काठमाडौँ/ स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । ८.९३ मि.मि. पातलो र दुई सय २९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल भएको दावी सहित कम्पनीले सार्वजनिक गरेको हो ।
यसमा यस श्रेणीकै ठूलो ८.१२ इन्चको इनर डिस्प्ले र फोल्डेबल फोनमा अहिले सम्मकै लामो ब्याट्री लाइफ दिने पाँच हजार ६ सय एमएएच सिलिकन–कार्बन ब्याट्री रहेको जनाइएको छ ।
यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा रहेको उल्लेख छ । स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिने दावी गरिएको छ ।
‘ओप्पो फाइन्ड एन५’ आईपीएक्स९ वाटर रेसिस्टेन्स प्राप्त गरेको पहिलो फोल्डेबल फोन भएको कम्पनीले जनाएको छ । यसलाई अझ मजबुत बनाउन टाइटेनियम फ्लेक्सन हिंज प्रयोग गरिएकोले उच्च स्तरको मजबुती सुनिश्चित गर्ने कम्पनीको दावी छ ।
यसमा पहिलो पटक ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम राखिएकोले प्रो–लेभल फोटोग्राफी र सिनेम्याटिक भिडियो सम्भव बनाउने कम्पनीले जनाएको छ । कलरओएस १५ मा आधारित यसमा कल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर, एडिटिङ टुल्स र म्याक तथा आइओएस डिभाइसहरूसँग सिमलेस कनक्टिभिटी जस्ता फिचरहरू रहेको जनाइएको छ ।
१६ जीबी र्याम र पाँच सय १२ जीबी स्टोरेज भर्सनको यो फोनको मुल्य दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ । फोन किन्न चाहनेले ४० प्रतिशत डाउन पेमेन्ट गरी १२ महिनाका लागि किस्तामा पनि लिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस