काठमाडौँ/ विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल - रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।
रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन
रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एमएएच क्षमताको ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्ने कम्पनीको दावी छ । यसमा रहेको ३३ वाटको फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्जका साथै पावर बैङ्कको रुपमा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
यसको ६.९ इन्चको डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट, ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत, क्वाड–कर्भ डिजाइन लगायत यसको विशेषता रहेको जनाइएको छ । त्यस्तै, ५० मेगापिक्सेलको पछाडि क्यामरा, आठ मेगापिक्सेलको अगाडि क्यामरा, स्न्यापड्रागन ६८५ चिप, २ टिबि सम्मको एक्सपान्डेबल सुविधा यसको थप विशेषता रहेको कम्पनीको दावी छ ।
रेडमी १५सी : आकर्षक र स्मार्ट
रेडमी १५सी ७.९९ मिलिमिटर स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६००० एमएएच क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । ३३ वाटको फास्ट चार्जिङ र दुई वर्षको वारेन्टीका साथै यसलाई पनि पावर बैङ्कको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
यसमा ६.९ इन्चको एचडीप्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट, तथा रेडमी १५ कै जस्तो क्यामरा र एक्सपाण्डेबल स्टोरेज सुविधा रहेको जनाइएको छ ।
मूल्य
रेडमी १५ स्टोरेज सुविधा अनुसार ६जिबी प्लस १२८ जिबीको १९ हजार रुपैयाँ र ८ जिबी प्लस २५६ जिबीको २२ हजार रुपैयाँ तोकिएको छ । त्यस्त, रेडमी १५सी पनि स्टोरेज सुविधा अनुसार ४ जिबी प्लस १२८ जिबीको १५ हजार रुपैयाँ, ६ जिबी प्लस १२८ जिबीको १६ हजार पाँच सय रुपैयाँ र ८ जिबी प्लस २५६ जिबीको १९ हजार रुपैयाँ तोकिएको कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस