काठमाडौँ/ चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रकम नेपालमा पठाएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार चार सय ६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६ सय ४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार नौ सय २८ र २२ हजार ६ सय ४७ थियो ।
प्रतिक्रिया दिनुहोस