९ असोज २०८२ बिहिबार | 25 Sep 2025 Thu

काठमाडौँ महानगरले नाम्खालाई दियो एम्बुलेन्स



  • आफ्नै खबर
  • ९ असोज २०८२ बिहिबार (५ घण्टा अघि)
  • पाठक संख्या ४५
  • हुम्ला/  हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका-५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

    विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो ।

    महानगरले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरूलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताउनुभयो । 

    काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ ।

    –रासस