आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

अनुदानले बढायो व्यवसायिक तरकारीखेती


  • आफ्नै खबर
  • २०८२ आश्विन २२, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ३ पाठक संख्या
  • भोजपुर/  वडा कार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका-३ का किसान व्यवसायिक सागसब्जी खेतीमा जुटेका छन् । 

    उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताउनुभयो ।

    ‘चार वर्षदेखि सागसब्जी लगाउँदै छु’, उहाँले भन्नुभयो, ‘वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ।’ वडाबाट अनुदान, तालिम र प्राविधिक सहयोग पाएको उहाँको भनाइ छ ।

    किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उहाँको कथन छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु