९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

सरकारले चीन र अमेरिकासहितका राजदूतलाई फिर्ता बोलायो



  • आफ्नै खबर
  • ३० असोज २०८२ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या १०२
  • काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

    चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।

    यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा।आरजु देउवानिकट मानिन्छन् ।

    राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।