आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ मा नेपालीले राखे विश्व कीर्तिमान


  • आफ्नै खबर
  • २०८२ चैत्र १५, आईतबार २ दिन अघि
  • २०८ पाठक संख्या
  • काठमाडौँ/  बक्सर अविरल घिमिरे ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ को उपाधि चुम्न सफल हुनुभएको छ । बक्सिङ खेल क्षेत्रमा ‘हिमालयन चितुवा’ बाट विश्वपरिचित उहाँ ‘के वान क्रस ’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

    जापानको टोकियोमा शनिबार भएको उक्त प्रतियोगितामा हिमालयन चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनः दोस्रोपटक ‘टाइटल बेल्ट’ को उपाधि रक्षा गर्नुभएको हो । ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’ लाई बक्सिङ खेल क्षेत्रको सर्वाेच्च प्रतियोगिता मानिन्छ ।

    हिमालयन चितुवाका पिता एवं बक्सर देव घिमिरेले दिनुभएको जानकारीअनुसार अविरलले उक्त प्रतियोगिताको तेस्रो राउण्डको दोस्रो मिनेटमा जापानी खेलाडी रिकुलाई नकआउट गर्न सफल हुनुभएको थियो ।

    टोकियो नागोयास्थित विश्व प्रसिद्ध एवं प्रतिष्ठित ‘हिट किक बक्सिङ  क्लब’ मार्फत  हिमालयन चितुवा खेल्दै आउनुभएको छ । हालसम्म उहाँले तीनपटक हिट किकबक्सिङ, तीनपटक टाइटल डिफेन्स गर्दै चार पटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल र केवान क्रस १७५ टाइटल जित हासिल गरिसक्नुभएको छ ।

    साथै, हालसम्म २५ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै १९ मा जित निकाल्ने क्रममा १८ वटामा नकआउट गरी जित आफ्नो पक्षमा ल्याउने उहाँ पहिलो नेपाली बक्सर हुनुहुन्छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु