काठमाडौँ/ नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैँकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ ।
अस्पतालमा उपचारका लागि आएका बालकलाई दिइने क्यान्सर उपचार सेवाहरूलाई सुदृढ बनाउने उद्देश्य अनुसार सहयोग गरेको ट्रष्टले जनाएको छ । आइसीयु क्षमतालाई १५ बेडसम्म पुर्याउने योजना रहेको ट्रस्टले जनाएको छ । यस सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ ।
यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा भएको ट्रस्टले जनाएको छ । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वल्र्ड चाइल्ड क्यान्सरको सहकार्यमा, हामी नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै आएको उल्लेख छ ।
यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नुपर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ ।
ट्रस्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६० डिग्री दृष्टिकोणसहित कार्यरत रहेको जनाइएको छ । स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदान गर्ने सम्मको उद्देश्यले नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु रहेको जनाइएको छ ।
ट्रस्टका अनुसार, नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउनुका साथै बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्न प्रतिबद्ध छ ।
प्रतिक्रिया दिनुहोस