आज: २०८२ चैत्र १८, बुधबार | Wed, 01, Apr, 2026

प्रादेशिक अस्पताल जलेश्वरमा सुरु भयो ‘डाइलाइसिस सेवा’


  • आफ्नै खबर
  • २०८२ चैत्र १८, बुधबार १ घण्टा अघि
  • ५४ पाठक संख्या
  • महोत्तरी/  सदरमुकाम जलेश्वरस्थित अवस्थित प्रादेशिक अस्पतालमा ‘डाइलाइसिस’ सेवा सुरुआत भएको छ ।

    मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल राय, सचिव डा. प्रमोदकुमार यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. रवि श्रीवास्तवले उक्त सेवाको आज संयुक्त रूपमा शुभारम्भ गर्नुभयो ।

    मधेस प्रदेश सरकारले तीन वर्षअघि नै मिर्गौलाका बिरामीलाई थप सहज बनाउन छ थान ‘डाइलाइसिस मेसिन’ उपलब्ध गराएको थियो । तत्कालीन समयमा दक्ष जनशक्ति नहुँदा प्रयोगमा आउन सकेको थिएन ।

    अस्पताल प्रमुख डा. रवि श्रीवास्तवले अहिले ६ थान ‘डाइलाइसिस मेसिन’ मध्ये पाँच थान प्रयोगमा आएका छन् भने एक थान आकस्मिक प्रयोजनका लागि राखिएको जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु