आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

टेम्केमैयुङका उत्पादन काठमाडौँमा


  • आफ्नै खबर
  • २०८२ मंसिर २२, सोमबार ३ महिना अघि
  • २२ पाठक संख्या
  • भोजपुर/  टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश-विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । 

    गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको छ ।

    प्रदर्शनीमा फापरको पीठो, भटमासको किनेमा, मौरीको मह, कोदोको पीठो, मकैको चामल, सुन्तला, किबी, एभोकाडो, स्थानीय चिया, अकबरे खुर्सानी, सिस्नोको फूललगायत गाउँपालिकाका पहिचानयुक्त उत्पादन प्रदर्शन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

    स्थानीय कृषकलाई बजारमा प्रत्यक्ष पहुँच दिने र टिकाउ उत्पादन प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रदर्शनीले महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस्ता उत्पादनको माग बढ्दै गएकाले गुणस्तरीय उत्पादनमार्फत गाउँपालिकालाई कृषिमा आधारित समृद्धितर्फ अघि बढाउन सम्भावना देखिएको गाउँपालिकाले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु