आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ढुंगेलदम्पतीले गरे माइली राईलाई १५ हजार सहयोग


  • आफ्नै खबर
  • २०८० फागुन २८, सोमबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • दुई दिनअघि श्रीमान् गुमाएकी नुवाकोटकी ५६ वर्षीया माइली राईलाई नुवाकोट बेलकाेटगढी नगरपालिका– ४ का रुद्र ढुंगेल र मीरा घिमिरेदम्पतीले सहयोग गरेका छन् । सोमबार प्रकाशित ‘किरिया बसेकी माइलीलाई खानाको समेत समस्या’ शीर्षकको समाचार पढेपछि ढुंगेलदम्पती माइली राईकाे परिवार किरिया बसेको ठाउँ पशुपति क्षेत्र पुगेका थिए ।
     

    उनीहरूले शव उठाएको ठाउँदेखि किरिया नउठुन्जेलसम्मकाे खर्च आफूले व्यहोरिदिने भने पनि पीडित परिवारले अरू खर्च दुःखले टरिसकेको, तर खानाको लागि ८–१० हजार भए हुन्छ भनेपछि आफूहरूले १५ हजार रुपैयाँ दिएर फर्किएको रुद्र ढुंगेलले बताए ।

    आफूले दिएको त्यति रकमले उनीहरू असाध्यै खुसी भएको उनले बताए । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन । 

                                                                                                                                                                                                                                        नयाँ पत्रिकाबाट 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु