आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषित


  • आफ्नै खबर
  • २०८१ अषाढ ७, शुक्रबार १ साल अघि
  • २८ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/  रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गर्नुभएको हो ।

    गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार ६ हजार ७ सय ५२ घरका ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका ५ हजार ७ सय ४ बालबालिका विद्यालयमा भर्ना भएका छन् ।  सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताउनुभयो । 

    जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवका ढकालले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका अध्यक्ष लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गर्नुभयो । 

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु