आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने


  • आफ्नै खबर
  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौँ/   सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । 

    सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

    ‘आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर– छहरे–टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु