आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण


  • आफ्नै खबर
  • २०८१ श्रावण १०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा १ हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपेको हो । 

    जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए । 

    काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो । 

    महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको ५० लाख रुपैयाँको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाउनुभयो ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु