आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

नेवाले २ वर्षमा बनायो १८ सय धारा


  • आफ्नै खबर
  • २०८१ श्रावण १६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • बागलुङ/  नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा १ हजार ८ सय १५ धारा जडान गरेको छ । संस्थाले २ वर्षको अवधिमा ती धारा जडान गरेको हो ।

    खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै  बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा १ घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार १ सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् । 

    आर्थिक वर्ष २०७९÷०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो । 

    ३० वटा आयोजना सम्पन्न गर्न नेवाले ६ करोड २० लाख रुपैयाँ, पालिकाहरुको १ करोड ६५ लाख रुपैयाँ, उपभोक्ताबाट ३४ लाख ८३ हजार रुपैयाँ र २ करोड ५ लाख रुपैयाँ बराबरको श्रमदान भएको थियो ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु