आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

६ महिनामा नेपाल आए ७ लाख पर्यटक


  • आफ्नै खबर
  • २०८१ श्रावण १७, बिहिबार १ साल अघि
  • ३३ पाठक संख्या
  • काठमाडौँ सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् । जबकि गत वर्षको सोही अवधिमा ५ लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए । 

    यस वर्षको जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार ७ सय ३६ र जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको जुलाईको तुलनामा यस वर्षको सोही अवधिमा ११ दशमलव ९ प्रतिशतले विदेशी पर्यटक बढेका हुन् । 

    यस वर्षको जुलाईमा ६४ हजार ५ सय ९९ विदेशी पर्यटक आगमन भएकामा गत वर्षको सोही अवधिमा यो सङ्ख्या ७५ हजार ७ सय २६ थियो । बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार ४ सय ६२, सन् २०२१ मा ३ हजार ६३, सन् २०२० मा १ सय ९६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९ सय १६ विदेशी पर्यटकका नेपाल आगमन भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु