आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

देगु तलेजुको पुनःनिर्माण सम्पन्न


  • आफ्नै खबर
  • २०८१ भाद्र २३, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • ललितपुर/  नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।

    भूकम्पपछि जिर्ण अवस्थामा रहेको एतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिनुभयो ।

    भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनःनिर्माण गरिएको छ ।’

    ललितपुरको सबैभन्दा ठूलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनःनिर्माणका लागि जापान सरकारले १३ करोड रुपैयाँ सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनःनिर्माण पूरा भएको छभने केही निर्माणाधीन छन् ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु