आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ग्लोबल आइएमईका कार्डबाहकलाई बिग मार्टमा छुट


  • आफ्नै खबर
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डबाहकले बिगमार्टमा छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले प्रत्येक शनिबार  बिग मार्टमा आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट पाउने भएका हुन् । 

    बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई सुविधा दिन  बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना शनिबारका दिनमात्र लागू हुने जनाइएको छ । 

    हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५४ शाखा, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिंदै आएको जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु