आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

गाउँ फर्कनेलाई एक लाख र खाद्यान्न दिने योजना


  • आफ्नै खबर
  • २०८१ आश्विन ९, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • पर्वत/  आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको हो । 

    गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गर्ने बताउनुभयो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँको भनाई छ । 

    गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो । 

    अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु