आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ग्लोबल आइएमईले ल्यायो अनलाइनबाटै शेयर कर्जा दिने योजना


  • आफ्नै खबर
  • २०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने प्रविधि ल्याएको हो

    Caption

    ।  

    यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ । 

    ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्ने उल्लेख छ । यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् । 

    यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म तोकिएको छ । यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनु पर्ने उल्लेख छ ।यो सुविधा बैंकले हालसाल सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । 

    ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । 

    बैंकले ७७ वटै जिल्लामा जम्मा तीन सय ५४ शाखा कार्यालय, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु