आज: २०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा श्रेष्ठ 


  • आफ्नै खबर
  • २०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उहाँ नेपालको निर्जीवन बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न

    सफल हुनुभएको छ । 

    उहाँले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ । नव नियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । २०५२ साल फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उहाँको यात्रा सुरु भएको थियो । 

    उहाँको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उहाँलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको कम्पनीले जनाएको छ । सिईओको रूपमा, उहाँले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने कम्पनीले जनाएको छ ।

    नव नियुक्त सीईओ अञ्जु श्रेष्ठले भन्नुभयो, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ । मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो ।’ 

    कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले भन्नुभयो, ‘हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रको, अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उहाँले अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ ।’

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु