आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पाँचपोखरी महिला ट्रेल रेस निर्मलाले जितिन्


  • आफ्नै खबर
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • सिन्धुपाल्चोक/  ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राई दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम भएकी छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उनले २८ किलोमिटरको दूरी दुई घण्टा २८ मिनेटमा पूरा गरेकी हुन् । 

    दुई घण्टा ४९ मिनेटमा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मिनेटमा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेका थिए । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् । 

    आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले पहिलेको समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् । महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो  ।

    प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चौथो र पाचाँै स्थान प्राप्त गरेका छन् ।

    प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार, २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गर्नुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु