आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मालिकाका ६ वडामा एकैपटक स्वास्थ्यचौकी निर्माण


  • आफ्नै खबर
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • म्याग्दी/  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका ६ वटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।

    मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले  ६ वटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । 

    अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो ।

    स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा एक करोड ४५ लाख रुपैयाँको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा ८६ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार रुपैयाँ भुक्तानी पाएको थियो ।

    सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु