आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

बधाञ्जली ट्रेडलाई स्काई वर्थको सम्मान


  • आफ्नै खबर
  • २०८१ कार्तिक ११, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको बधाञ्जली ट्रेडलाई सम्मान गरेको छ ।

    कम्पनीले ‘स्काई वर्थ सपना साकार’ योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान गरेको हो । 

    काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए । उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि. का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधाञ्जली ट्रेडका सञ्चालक श्री विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिनु भएको थियो । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।

    स्काईवर्थले यस्ता योजनाहरु लगातार गरिरहने जनाएको छ । यो फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्नुका साथै ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्ने जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु