आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

नगराइन नगरपालिका कार्यालय सञ्चालनमा


  • आफ्नै खबर
  • २०८१ कार्तिक २९, बिहिबार १ साल अघि
  • ३७ पाठक संख्या
  • धनुषा/  विगत पाँच महिनादेखि विवादको कारण दैनिकरुपमा कामकाज बन्द हुनेगरेको नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा आएको छ ।

    उक्त पालिकाको सर्वपक्षीय बैठकमा प्रमुख विनयकुमार यादव तथा उपप्रमुख राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालयको दैनिक कामकाज सञ्चालनमा आएको हो ।

    नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्पभएको थियो । त्यहाँ दैनिक जुलुश तथा नारावाजी हुने गरेको गियो ।

    उक्त नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिनुभयो । 

    बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा अनिवार्यरुपमा गर्नेगरी सहमति भएको थियो । 

    बैठकमा नगरप्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु