आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

भन्सार दरसंगै घट्यो सुन र चाँदीको मूल्य


  • आफ्नै खबर
  • २०८१ मंसिर १०, सोमबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौं/  सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आज घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँ कायम भएकामा आज घटेर आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । प्रतितोला चाँदीको मूल्य एक सय १५ रुपैयाँ घटेको हो ।

    सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ । 

    उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु