आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

जापानले हुम्लामा बनाइदियो बालगृह


  • आफ्नै खबर
  • २०८१ मंसिर २७, बिहिबार १ साल अघि
  • ३१ पाठक संख्या
  • काठमाडौं/  जापान सरकारको एक करोड ३५ लाख रुपैयाँ अनुदानमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

    बुधबार त्यहाँ आयोजित कार्यक्रममा नेपालस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने जापानी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु