आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

राष्ट्र बैंक पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा ठाकुर


  • आफ्नै खबर
  • २०८१ मंसिर ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • काठमाडौं/  नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक अश्विनीकुमार ठाकुर राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय अध्यक्षमा चुनिनु भएको छ । संघको २३ औं वार्षिक साधारणसभाले ठाकुरलाई सर्वसम्मतिबाट अध्यक्ष छानेको हो । कार्यसमिति तीन वर्षे कार्यकालको लागि चुनिएको हो । 

    संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय र सदस्यहरुमा नवराज फुयाँल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु