आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

मङ्सिरमा घरजग्गाको कारोबारबाट चार अर्ब राजश्व उठ्यो


  • आफ्नै खबर
  • २०८१ पौष ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ राजश्व सङ्कलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख रुपैयाँ सङ्कलन भएको हो ।

    मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

    काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख, साँखुले सात करोड ५० लाख, मनमैजुले  सात करोड २६ लाख, टोखाले सात करोड १२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

    यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

    विभागका अनुसार मङ्सिरमा सेवा कर २६ करोड ६ लाख, रजिष्ट्रेशन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, एक अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु