आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

करातेमा नेपालले जित्यो पहिलो स्वर्ण


  • आफ्नै खबर
  • २०८१ पौष १४, आईतबार १ साल अघि
  • ३१ पाठक संख्या
  • महाराष्ट्र, पुणे (भारत)/  यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । 

    दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । 

    प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु