आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

फाँडिदै झाडी, बढ्दै खेती


  • आफ्नै खबर
  • २०८१ माघ २५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • बागलुङ/  बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार दुई सय ओखरका बिरुवा हुर्काएका छन् । 

    दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिनुभयो । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

    ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको १४ लाख रुपैयाँ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख रुपैयाँ अनुदान गरी २४ लाख रुपैयाँ लगानी भएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुर्किएका छन् ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु