आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार


  • आफ्नै खबर
  • २०८१ फागुन ६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ४ पाठक संख्या
  • ताप्लेजुङ/  आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ ।

    पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभयो । दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।

    पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ । फागुन ७ गते वडा नं १ (निघुरादिन), ८ गते वडा २ (फूलबारी), ९ गते वडा ३ (हाङपाङ) मा सेवा प्रदान गरिनेछ । त्यसैगरी, फागुन १० र ११ गते वडा ४ (चाँगे) र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ ।

    लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु