आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

मानवसेवा आश्रमको भवन बनाउन महायज्ञबाट उठ्यो दुई करोड ७६ लाख 


  • आफ्नै खबर
  • २०८१ चैत्र १, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ४ पाठक संख्या
  • सर्लाही/  सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको छ ।

    हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । 

    रकम अभावका कारण दनुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापा बताउनुहुन्छ । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११मा महायज्ञ आयोजना गरेको थियो । उक्त महायज्ञबाट दुई करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको थियो । 

    महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रुपैयाँ सहयोग गरेको छ । 

    जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताउनुभयो । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु