आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सुरु भयो चियाको पहिलो टिपाइ


  • आफ्नै खबर
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ४ पाठक संख्या
  • इलाम/  इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । 

    गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताउनुभयो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । यस याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिने गरिन्छ । 

    जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ चैतदेखि सुरु हुन्छ । तर केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन् । 

    इलामलगायत पूर्वी क्षेत्रमा ११ हजार पाँच सय ६९ हेक्टरमा चियाखेती भइरहेको छ । जसमा १४ हजार आठ सय ९८ साना किसान चियाखेतीमा संलग्न छन् । तथ्याङ्कअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु