आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बागलुङ चिनाउने ‘चैते दसैँ मेला’


  • आफ्नै खबर
  • २०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ४ पाठक संख्या
  • बागलुङ/  चैते दसैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्छ । यसलाई बागलुङ चिनाउने मेलाका रुपमासमेत लिइन्छ । 

    नेपालकै महवपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष चैत २० गतेदेखि २५ गतेसम्म आयोजना हुन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । 

    हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा मेला आयोजना गरिने गरिन्छ । चैते दसैँका अवसरमा कालिका भगवती मन्दिर दर्शनका लागि लाखौंँ दर्शनार्थी आउने गरेका छन् । 

    पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । 

    पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलकोबीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । 

    चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायतका बस्तुको परम्पराकालदेखिनै किनमेल हुने गरेको छ । चैते दसँैमा बागलुङ कालिका मन्दिरमा टाढा–टाढाका जिल्ला र भारतबाटसमेत भक्तजनको आगमन हुने गरेको छ ।

    मेलाका अवसरमा आयोजना गरिने पुरुष भलिबलको विजेतालाईरु दुई लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र, द्वितीय हुनेलाई एक लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र, सेमिफाइनल पुग्ने समूहलाई २५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु