आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बससेवाले ल्यायो नयाँ वर्ष अफर 


  • आफ्नै खबर
  • २०८१ चैत्र २५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ४ पाठक संख्या
  • काठमाडौँ/  सार्वजनिक बसकोलागि नेपालको अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याएको हो । 

    बैशाख ६ गतेसम्म लागू हुने अफर अन्तर्गत बससेवामार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्ने जनाइएको छ । अफरको बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउनेछन् । 

    यसैगरी, ४ जना विजेताले ८ हजार दुई सय रुपैयाँ रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ । अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् भने हरेक टिकट बुकिङमा पाँच सय रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ । अर्थात, हरेक टिकट काट्दा अधिकतम पाँच सय रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ ।

    नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ । यस अफरमा सहभागी हुन बससेवाको मोबाइल एप अथवा वेबसाइटमार्फत टिकट काट्नुपर्ने कम्पनीले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु