आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पत्रकार तथा साहित्यकार चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार’


  • आफ्नै खबर
  • २०८२ बैशाख २५, बिहिबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  राष्ट्रिय दैनिक गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार तथा साहित्यकार विजय चालिसे लाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले सम्मान गरेको हो । 

    चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको हो । उहाँलाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ । 

    २००८ सालमा जन्मिनुभएका चालिसेले २०३७ सालदेखि गोरखापत्रमा सेवा गर्दै ३० वर्ष भन्दा वढी सेवा अवधीमा प्रधानसम्पादक सम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

    उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निभाउनुभएको थियो । चालिसेको लामो समयको पत्रकारिता यात्रा र योगदानलाई सम्मान गरिएको शाखाले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु