आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

गौशालाका लागि १८ रोपनी जग्गा दान


  • आफ्नै खबर
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • म्याग्दी/  बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।

    गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद एक करोड पाँच लाख रुपैयाँ सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले बताउनुभयो । 

    बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा १५ लाख रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु