आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

नागरिक लगानी कोषको धितो रोक्का/फुकुवा अनलाइनबाटै  


  • आफ्नै खबर
  • २०८२ जेष्ठ ९, शुक्रबार १0 महिना अघि
  • ४२ पाठक संख्या
  • काठमाडौं/  नागरिक लगानी कोषबाट कर्जा लिँदा राखिने धितो रोक्का तथा फुकुवा अनलाइनबाटै हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नागरिक लगानी कोष विच यो सुविधा सम्वन्धी  सम्झौता भएको हो । 

    सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् । 

    सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने कोषले जनाएको छ । यसले आवास÷सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने कोषले विश्वास व्यक्त गरेको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु