आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

  १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग


  • आफ्नै खबर
  • २०८२ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • ओखलढुङ्गा/  सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

    नगरपालिकाका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न १५ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । 

    त्यसमध्ये १२ लाख ८५ हजार रुपैयाँमा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलाई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।

    आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताउनुभयो । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु