आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

न्युरो केयर फाउन्डेसनले गोकर्णेश्वरमा न्युरो शिविर गर्ने


  • आफ्नै खबर
  • २०८२ अषाढ ३, मंगलबार ९ महिना अघि
  • ४७ पाठक संख्या
  • काठमाडौँ/  न्युरो केयर फाउन्डेसन नेपालको आयोजनामा गोकर्णेश्वर नगरपालिकामा एक दिने निःशुल्क न्युरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

    गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म गोकर्णेश्वर नगर अस्पतालमा सञ्चालन हुने भएको हो ।

    शिविरमा वरिष्ठ न्युरो सर्जन डा. गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चिफ कन्सल्ट्यान्ट न्युरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिनुभयो ।

    न्युरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौँ न्युरो बागबजारको प्राविधिक सहयोग रहने जनाइएको छ । डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्युमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरमा सेवा लिन सक्नेछन् ।

    शिविरमा डा. शर्मा र डा. राजभण्डारी सहित, डा. अनिशमान सिंह र डा. प्रसन्न कार्की पनि संलग्न हुने जनाइएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु