आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया


  • आफ्नै खबर
  • २०८२ अषाढ ११, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ४ पाठक संख्या
  • भक्तपुर/  भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । 

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानकै रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ । 

    निमित्त निर्देशक डा. भट्टले भन्नुभयो, ‘आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ ।’ आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उहाँले आह्वान गर्नुभयो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु