आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

किसानलाई ६८ वटा कृषि औजार वितरण


  • आफ्नै खबर
  • २०८२ अषाढ १८, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ४ पाठक संख्या
  • भोजपुर/  पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँबराबरका कृषि सामग्री वितरण गरेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो । गाईपालन कार्यक्रममा सहभागी किसानलाई कृषि औजार वितरण गरिएको हो । किसानलाई आधुनिक खेती प्रणालीमा जोड्दै यान्त्रिकीकरणका गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । 

    गाउँपालिकाले व्यवस्थित खेती प्रणालीमा जोड दिएको जानकारी दिँदै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँपालिकामा करोडौँको अकबरे खुर्सानी उत्पादन भइरहेको तथा किसानलाई यस्तै नगदेबालीमा प्रोत्साहन गर्न उपकरण वितरण गरिएको बताउनुभयो । महिलालाई उद्यममा जोड्न महिला विकास बोर्डमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेका उहाँले जानकारी दिनुभयो ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु