आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

जेडटीईका स्मार्टफोन शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी


  • आफ्नै खबर
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । कम्पनीले अत्याधुनिक सुविधायुक्‍त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा पाउन् भन्ने उद्देश्य सहित योजना ल्याएको हो । 

    योजना अन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्ने कम्पनीले जनाएको छ । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनीले जानकारी दिएको छ । 

    प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो । नेपालमा १५ देखि २० हजार रुपैयाँका फोनहरूमा पनि किस्ताबन्दी सुविधा ल्याउने दोस्रो ब्रान्ड बनेको जेडटीईले दावी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु