आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

रसुवागढीमा भदौ ३० भित्र बेलिब्रिज बनिसक्ने


  • आफ्नै खबर
  • २०८२ श्रावण ११, आईतबार ८ महिना अघि
  • ४० पाठक संख्या
  • रसुवा/  नेपाल–चीनबीचको नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको  थियो ।  चीन सरकारले पुल पुनर्निर्माण थालनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । 

    उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलिब्रिज निर्माण थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । 

    पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक  संरचनालाई कुनै असर नपार्ने गरी बेलिब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ ।

    चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्दे खोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ ।

    बेलिब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने  चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।

    –रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु