आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

कटारी अस्पतालमा ओपिडी शुल्क पालिकाले तिरिदिने 


  • आफ्नै खबर
  • २०८२ आश्विन २, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • २९ पाठक संख्या
  • उदयपुर/  कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो । 

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिनुभएको हो । सूचनामा भनिएको छ, ‘ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन । सेवाग्राहीले तिर्नुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ ।’ 

    योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । डा. साहले भन्नुभयो, ‘यसमा २० प्रतिशत जति बीमित पनि पर्छन् ।’ नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।

    चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो । प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी २० रुपैयाँ लिँदै आएको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु