आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

खुल्यो कोदारी राजमार्ग, सामान आयात सुरु


  • आफ्नै खबर
  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ५ पाठक संख्या
  • सिन्धुपाल्चोक/  पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी-कोदारी राजमार्ग खुलेको छ  । राजमार्ग खुलेसँगै चीनसँगको प्रमुख व्यापारिक ढोका तातोपानी नाका सोमबारदेखि सामान बोकेका  कन्टेनरहरू नेपाल भित्रिन थालेका छन ।  

    कोदारी सडकखण्डको भोटेकोशी गाउँपालिका-२ इकोसहितको चार ठाउँको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै पाँच सय मिटर सडक भासिएको थियो । इकोमा दुई सय ५० मिटर, डाक्लाङमा एक सय १० मिटर, पान्थलीमा एक सय मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको थियो ।

    महिना दिनभन्दा बढीदेखि रोकिएका केही कन्टेनर मङ्गलबार बेलुकीसम्म भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँ लक्षितलगायत सामग्री भित्रिएका र आज पनि लोडको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    सडक सञ्चालनको अवस्थाबारे बुझ्न सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोली समेत पुगेको थियो ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु