आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

शाओमीले घटायो रेड्मी नोट १४ को मूल्य


  • आफ्नै खबर
  • २०८२ आश्विन २२, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ५ पाठक संख्या
  • काठमाडौँ/  शाओमी नेपालले ‘शाओमी महा फेस्टिभल’ नामक बिक्री योजना अन्तर्गत रेड्मी नोट १४ सिरिजको मूल्यमा छुट दिएको घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गर्ने दावी सहित कम्पनीले मूल्य घटाएको हो । 

    रेड्मी नोट १४ सिरिजको मूल्यमा दिएको छुट बारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने बताउनुभयो ।
    उहाँले भन्नुभयो, ‘अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेड्मी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ ।’

    उहाँले थप्नुभयो, ‘हामीले हाम्रा ग्राहकहरूका लागि रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेका छौँ, जसले गर्दा हाम्रा ग्राहकहरूलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ ।’

    मुल्य
    नयाँ मूल्य अनुसार कम्पनीले ६ जिवि प्लस १२८ जिवि को मूल्य एक हजार रुपैयाँले घटाएर २४ हजार रुपैयाँ र ८ जिवि प्लस २५६ जिविको मूल्य पनि एक हजार रुपैयाँले घटाएर २७ हजार रुपैयाँ वनाएको छ । 

    त्यस्तै, रेड्मी नोट १४ फाइभ जी ८ जिवि प्लस २५६ जिवि को मूल्य एक हजार रुपैयाँले घटाएर ३० हजार रुपैयाँ र १२ जिवि प्लस ५१२ जिविको मूल्य पनि एक हजार रुपैयाँले घटाएर ३५ हजार रुपैयाँ वनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु