आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

आश्रम बनाउन उठ्यो नौ करोड ६९ लाख


  • आफ्नै खबर
  • २०८२ कार्तिक ३०, आईतबार ४ महिना अघि
  • ३९ पाठक संख्या
  • बागलुङ/  मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा नौ करोड ६९ लाख रुपैयाँ सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका-४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ । 

    महायज्ञमा शुक्रबार मात्र एक करोड ३४ लाख रुपैयाँ सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम एक करोड ६२ लाख रुपैयाँ सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो ।

    महायज्ञमा १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो । 

    महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका-४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले ६ लाख नौ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार रुपैयाँ संस्थागत रूपमा समेत प्राप्त भएको छ ।

    –रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु